‘शेहजादा’को मसलेदार ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: ‘अला वैकुंठपुरमूलूको हिन्दी रिमेक शेहजादाको ट्रेलर सार्वजनिक भएको छ। बिहिबार फिल्मका निर्माण टिमले फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गर्दै प्रचार सुरु गरेको हो। आउँदो फेब्रुवरी १० बाट वर्ल्ड वाईड प्रदर्शन हुनेछ। फिल्मको तामिल भर्सन २०२० मा नेटफ्लिक्स मार्फत प्रदर्शन भएको थियो जुन हिट सावित भई सकेको छ। सार्वजनिक हिन्दी ट्रेलर फिल्मका मुख्य पात्र कार्तिक आर्यनको वरिपरि घुमेको छ। ट्वीस्ट एण्ड टर्न समेटेर बनाईको ट्रेलरमा अभिनेत्री मनिषा कोईराला र कृति स्यनोनलाई पनि देख्न सकिन्छ।

गुलसन कुमार, टि सिरिज र अल्लु इन्टरटेनमेन्टको ब्यानरमा टि सिरिज र अल्लु अरविन्द प्रोडक्सनको सहकार्यमा बनेको फिल्मलाई रोहित धवनले निर्देशन गरेका हुन्। भुषण कुमार, कृष्ण कुमार, यस राधा कृष्ण, अमन गिल र कार्तिक आर्यनकै लगानीमा बनेको फिल्मको ओरिजनल कथा र पटकथा भने त्रिबिक्रमको रहेकोछ। फिल्ममा प्रितमको संगीत रहेको छ। तामिल भर्सनलाई दर्शकले मन जिते जस्तै हिन्दी भर्सनले पनि दर्शकले मन जित्ला त् यो भने १० फेब्रुवरीमा थाहा हुनेछ। फिल्ममा कार्तिक, मनिषा र कृतिका साथै परेश रावल, रोहित रोय र सचिन खेड़ेकरको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्