दिपक ओलीले निर्देशन गर्ने फिल्ममा प्रदिपले गरे साईन



रंगखबर, काठमाडौँ: ‘प्रेम गीत ३’ रिलिज पछि नायक प्रदिप खड्काले कुनै फिल्म पनि साईन गरेका थिएनन। ‘प्रेम गीत ३’ले राम्रै सफलता दिएपछि करिब ३ महिना आराम गरेका प्रदिपले अब भने नयाँ फिल्म गर्ने भएका छन।  उनले निर्देशक दिपक ओलीले निर्देशन गर्ने अनटाईटल्ड प्रोजेक्टमा अभिनय गर्ने भएका हुन्। फिल्मका निर्माण टिम र प्रदिप बीच शुक्रबार कागजी सम्झौता भएको हो। फिल्मको कथा र चरित्र चित्त बुझेपछि प्रदिपले महङ्गो पारिश्रमिक सहित फिल्म खेल्न मञ्जुर भएको जानकारी स्रोतले बताएको छ। यात्राको कथामा आधारित फिल्म  ब्राजील, मेक्सीको लगायतका देशमा छायांकन हुनेछ। चैत्रबाट फ्लोरमा जाने फिल्मको कथा महेश दवाडीले लेखेका हुन्। फिल्ममा प्रदिप अहिले सम्मकै भिन्न रुपमा देखिदैछन ।

प्रतिक्रिया दिनुहोस्