‘प्रसाद २’को छायांकन सकियो, वैशाखबाट देशभर रिलिज हुने



रंगखबर, काठमाडौँ:  फिल्म ‘प्रसाद २’को सम्पूर्ण छायांकन सकिएको छ। ४० दिने सेड्युल राखेर छायांकनमा उत्रिएको फिल्मका निर्माण टिमले ३१ दिनमै सम्पूर्ण छायांकन सकाएको हो। सुदर्शन थापाले निर्देशन गरेको फिल्म एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। छायांकन सकिएकै दिन फिल्मका निर्माण टिमले प्रदर्शन मिति पनि तय गरेको छ। फिल्म नयाँ बर्षको वैशाख १ देखि अलनेपाल रिलिज गर्ने अहिले निर्माण टिम जुटेको छ।

विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ। संचारकर्मी सुशिल पौडेलद्वारा लिखित फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने प्रस्तुतकर्ता भने सुवास थापा हुन्।

प्रतिक्रिया दिनुहोस्