साम्राज्ञीलाई सन्तोषको प्रश्न फिल्मलाई अलपत्र छाडेर जाने ?



रंगखबर, काठमाडौँ: गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘तिम्रो मेरो साथ’ले अपेक्षाकृत सफलता पाउँन सकिरहेको छैन। करिब ३ बर्षपछि स्टार हिरोईनको ट्याग पाएकी साम्राज्ञीले फिल्म ‘तिम्रो मेरो साथ’ लिएर दर्शक सामु आएकी हुन्। रिलिज अघि प्रमोसनमा कुनैपनि कन्जुसाई नगरेको फिल्मले रिलिजको ५ दिन सम्मपनि अपेक्षा गरे अनुसारको सफलता पाएको छैन। या भनौ ३ बर्षपछि फिल्म लिएर आएकी साम्राज्ञीलाई दर्शकहरुले साथ दिन कन्जुसाई गरिरहेका छन। फलस्वरुप मल्टीप्लेक्समा फिल्मको शोज कटौती हुन थालेको छ।

फिल्म रिलिज अघि साम्राज्ञी प्रमोसनमा हर तरिकाले खटेकी पनि थिइन तर रिलिज पछि साम्राज्ञी आफ्नो अर्को फिल्म ‘ह्यारी कि प्यारी’को प्रमोसनका लागि मोफसल टुरमा निस्कीसकेकी छन। अहिले ‘तिम्रो मेरो साथ’ रिलिज पछि  फिल्मलाई साथ नदिएको भन्दै साम्राज्ञीलाई आरोप आउँन थालेको छन। कतिले साम्राज्ञीले रिलिजपछि पनि प्रमोसनमा हिड्नु पर्ने भन्दै प्रश्न गर्न थालेका छन। निर्माता तथा निर्देशक सन्तोष सेनले साम्राज्ञीलाई अंकित गर्दै एक स्ट्याटस लेखेका छन। जसमा ‘तिम्रो मेरो साथ’ले सोचे जस्तो ब्यापार नगर्नुमा साम्राज्ञीलाई आरोप लगाएका छन। उनको स्ट्याटस यस्तो छ ‘ एउटा चलचित्र हल सम्म आईपुग्दा ४००/५०० जना मानिसको दिमाग़ संगै मेहनत लाग्ने गर्छ.. करोडौ पैसा देखी,वर्षौको समय लगानी भएको हुन्छ .. अन्तिम सास् सम्म आश् हुन्छ भन्छन .. तर यहा जन्माएर अलपत्र छाडेर जाने कलाकार त्यो पनि मुख्य केन्द्र मा रहेका कलाकार..! हाम्रो चलचित्र उधोग बामे मात्र सर्दैछ हिड्न सकेको छैन.. कसैले फुर्ती नलगाए पनि हुन्छ .. लगानी आउने ०.५ % ग्यारेन्टी नहुदा नहुदा यंत्रों चुनौती मोलेको अवस्थामा कम्तिमा प्रदर्शन को २/३ दिन त साथ दिनुपर्छ,चिन्तित हुनुपर्छ .. आत्मारतीमा रमाउन भन्दा पनि सिंगों क्षेत्रलाई अगाडी लिएर जनु पर्छ भन्ने सोच पालौ.. “तिम्रो मेरो साथ” मनोरंजनत्मक चलचित्र हल हल मा ..❤️❤️

उनको यो स्ट्याटसमा फिल्मका निर्देशक रमेश एम के पौडेलले पनि यो तितो सत्य को लागी धन्यवाद। पुनः धन्यवाद भन्दै प्रतिक्रिया जनाएका छन भने केहि दिन अघि साम्राज्ञीलाई १८ लाख लिने अभिनेत्रीको फिल्मले ८ वटा हलमा पनि हाउसफुल ब्यापार नगरेको भन्दै साम्राज्ञी माथि प्रश्न उठाएका निर्माता निर्देशक शोभित बस्नेतले पनि हो मा हो मिलाएका छन। अब यो आरोपलाई साम्राज्ञीले कसरि लिन्छिन त्यो भने हेर्न बाँकीनै छ।

प्रतिक्रिया दिनुहोस्