दिपाले सार्वजनिक गरिन ‘झिलमिल सीतारा’, यस र अस्मिताको अभिनय



रंगखबर, काठमाडौँ: नेपाली फिल्मका सयौँ गीत गाएकी चर्चित गायिका दीपा नारायण झाले एकल गीति संग्रह ‘झिलमिल सितारा’ सार्वजनिक गरेकी छिन। राजधानीमा एक विशेष पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको उक्त गीति संग्रहमा ८ वटा गीतहरु समावेश छन। बरिष्ट संगीतकार शम्भुजित बास्कोटा ,गीतकार एसपी कोइराला ,संगीतकार आलोकश्री ,म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा र गायिका दीपा झाले सयुक्त रुपमा एल्बम सार्वजनिक गरेका थिए। हाल मुम्बईमा बसोबास गर्दै आएकी गायिका एल्बम सार्वजनिक कार्यक्रमकै लागि भनेर नेपाल आएकी थिईन।

एसपी कोइराला,मुकुन्दराज शर्मा ,आलोकश्री ,तिर्थ श्रेष्ठ ,नारायण खतिवडा ,टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको एल्बम ’झिलमिल सिताराझमा दीपाले दुईवटा गीतमा श्रीमान उदितनारायण र एउटा गीतमा छोरा आदित्यनारायण संग युगल स्वर दिएकी छिन।

कार्यक्रममा सोहि गीति संग्रहमा समावेश ‘हे माया’ बोलको गीतको भिडियो पनि दिपाले सार्वजनिक गरेकी हुन्। आलोकश्रीकै शब्द, सगीत र भिडियो निर्देशन समेत रहेको म्युजिक भिडियोमा यसराज गराच र अस्मिता पन्तको अभिनय रहेको छ । भिडियोमा यसराज र अस्मिताको अभिनय प्रशंसा योग्य देखिएको छ।

कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्माले गायिका दीपा झा र गायक उदितनारायण झाको गायन मार्फत संकलित रोयल्टी एकमुस्ट रुपमा गायिका दीपा झालाई हस्तान्तरण गर्नु भएको थियो।

सार्वजनिक गीति एल्बम म्युजिक नेपालको युटुव च्यानल, मोमो एप्स र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्महरु मार्फत सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्