पुष्प र बर्षाको ‘मन सँग मन’को ट्रेलर यस्तो बन्यो



रंगखबर, काठमाडौँ: फिल्म ‘मन सँग मन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।  केहि दिन अघि फिल्मको टिजर सार्वजनिक गर्दै प्रचार सुरु गरेको निर्माण टिमले अब भने फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रमोसनलाई तीव्र गर्ने  भएको छ। २मिनेट ४ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु पुष्प खड्का, बर्षा सिवाकोटी र बुद्धि तामांग केन्द्रमा छन।  प्रेम बिछोड र बदलाको भाव देखिने ट्रेलर निकै रोमान्चक बनेको छ।

 

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अरुण तामाङको लगानी रहेको छ। अर्जुन पोखरेल, अगोम गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन्। कैलाश राईले निर्देशन गरेको फिल्ममा पुष्प र बर्षा सहित वुद्दि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान आदि कलाकारहरुको अभिनय रहेको छ। तिन बर्ष अघि नै प्रदर्शनको तयारीमा रहेको फिल्म कोरोना महामारीका कारण थन्किएको थियो। अब भने फिल्म यहि माघ २७ गतेबाट प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्