आस्था गिल, श्रुष्टि तवाड लगायतका कलाकारले दशरथ रंगशाला गर्माउने



रंगखबर, काठमाडौँ: भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने भएका छन् । फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिनेछन् । शुक्रबार होटल मेरियडमा एक कार्यक्रमबीच आयोजक आइ लाइभ नेपालले कार्यक्रमको बिभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा आइ लाइभ नेपालका प्रवक्ता रबिन्द्र कार्कीले ‘नेभरल्याण्ड कन्सर्ट’ संगीतिक प्रेमीका लागि अकल्पनिय होस् र छुट्टै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको बताए ।

‘सांगीतिक प्रर्यटन बढाउने उदेश्यले पनि कार्यक्रम आयोजना हुन लागेको हो’, कार्कीले भने ‘नेपालमा सांगीतिक पर्यटनको बिकास तथा सांगीतिक उद्योग अगाडि बढाउन कोसेढुङ्गा साबित होस् भन्ने अपेक्ष कन्सटको छ ।’ ‘नेभरल्याण्ड कन्सर्ट’ नेपाली समाजमा नयाँ र प्रभावकारी कन्सट हुने अपेक्षा आफुले लिएको कार्कीले सुनाए ।

‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ । रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरी नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीका सिक्किमका र्यापर युएण्डबी क्बल प्लाटिनममा प्रस्तुत हुनेछन् ।

ग्ल्याबो लोसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ आयोजकका अनुसार कार्यक्रममा भब्य र सब्य हुनेछ । जसको सुरक्षाका लागि ३०० बाउन्सर खटिनेछन् । ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिनेछ ।

कार्यक्रममा प्रस्तुत हुन लागेका किङ भारतीय र्यापर, गीत लेखक तथा गायक हुन् । पछिल्लो समय युवा–पुस्तामाझ निकै लोकप्रिय उनको नयाँ नजरिया, मान मेरी जान निकै हिट छन् । स्टेज नाम डिभाइन भनेर चिनिने भिभियन विल्सन फर्नान्डेज पनि भारतीय र्यापर हुन् ।

त्यस्तै आस्था गिल भारतीय गाायिका हुन् । उनको पानी पानी, कमरिया, अभि तो पार्टी सुरु हुई ह ेलगायतका गीत निकै चर्चित छन् । उनले गीत ‘ये मेरा बम्बे’ चर्चा पाउन थालेका थिए । उनको ‘मेरे गली मे’ गीत पनि निकै चर्चित छ ।

श्रुष्टि तवाड पनि मे नहीँ तो कौन बेबाट चर्चामा आएकी भारतीय गायिका हुन् ।

‘नेभरल्याण्ड कन्सर्ट’का लागि स्टेज तथा म्युजिक सिस्टम आयोजकले भारतबाट मगाएको छ ।

कार्यक्रममा समय उदास, बिनय गौतम, शुदिक्षा अधिकारी, पंकज सिंह, पूजा धामी, शिर्षक महतलगायले कार्यक्रमको बारेमा आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्