‘प्रेमा’को फस्टलुक पोस्टर यस्तो बन्यो



रंगखबर, काठमाडौँ: महापुरुष फेम्ड नायक अरुण क्षेत्री अभिनित फिल्म प्रेमाको फस्टलुक सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अरुणक साथमा सृष्टि श्रेष्ठ र शुभेक्षा खड्कालाई देख्न सकिन्छ। रोमान्टिक भाव समेटीएर बनाईएको पोस्टर निकै आकर्षित बनेको छ।  पहिलो पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्क्षा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्क्षा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशी मुड देखाइएको छ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्