सुरु भयो ‘नम्बरी सुन’को छायांकन



रंगखबर, काठमाडौँ: फिल्म नम्बरी सुनको छायांकन सुरु भएको छ। श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।  राजु गिरिले निर्देशन गर्ने फिल्मको गीतबाट फिल्मको थालनी गरिएको जानकारी निर्माण टिमले दिएको छ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा नारायण खातीको लगानी र कथा रहेको फिल्मको  प्रस्तुतकर्ता पनि खाती स्वयम् नै हुन्। फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, नारायण खातीको गीत रचना, शान्तिश्री परियारको स्वर रहेनेछ। नम्बरी सुनबाट द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । फिल्म लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन हुनेछ। फिल्म ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा आधारित हुने जानकारी निर्माण टिमको छ।

प्रतिक्रिया दिनुहोस्