नयाँ बर्षमा सुरक्षाले ‘बुलाकी’ सार्वजनिक गर्ने



काठमाडौं: सुरक्षा पन्त स्टारर फिल्म ‘बुलाकी’को प्रदर्शन मिति सहितको पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा सुरक्षा पन्त र नरेन खड्कालाई रहस्यमय गाउँले लुक्समा फिचर्ड गरिएको छ। अब भने फिल्म आगामी वैशाख १ गते देखि प्रदर्शन हुनेछ। ‘बुलाकी’ले यसअघि ठुला फिल्म जुध्नमा आएको भन्दै रिलिज मिति तोकेको यो तेस्रोपटक हो । तर अहिलेपनि यसले सोलो रिलिज भने पाएको हैन बरु आफै हल गोरु झुधेजस्तो जुध्नन खोजिरहेको छ। उही मितिमा नाइँ नभन्नु ल, प्रसाद २ र बिहे पासले पनि आफ्नो रिलिज मिति तय गरिसकेका छन् । लक्ष्मण सुनार निर्देशित फिल्मको छायांकन डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्