‘जय हो’मा केकी फाईनल



रंगखबर, काठमाडौं: शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय हो’मा अभिनेत्री केकी अधिकारीको इन्ट्री भएको छ । शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार निर्माण टिम र केकी बीच लिखित सहमति गरिएको हो।

सुरेश न्यौपानेको कथामा बन्न लागेको फिल्ममा शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत रहनेछ। फिल्ममा राज के अधिकारी र सुरज सरकारको लगानी रहनेछ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म माघ अन्तिम सातादेखि छायांकन सुरु हुनेछ। काठमाडौँ, पोखरा र मुस्ताङमा फिल्मको छायांकन फिल्मको लोकेसन हेर्न केहि दिन अघि  टेक, शोभित र सलोनले पोखरा र मुस्ताङ पुगेर लोकेसन फाईनल गरेर आएका थिए।

यस अघि फिल्ममा अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसकेका छन् ।फिल्म नयाँ बर्ष २०८० भदौमा प्रदर्शन गरिने छ।

प्रतिक्रिया दिनुहोस्