सौगात पछि ‘अगस्त्य’मा मलिका र नाजिरको इन्ट्री



रंगखबर, काठमाडौँ: केहि समय अघि मात्र सौगात मल्ल फाईनल भएको फिल्म अगस्त्यमा अब भने मलिका महत र नाजिर हुसेनको इन्ट्री भएको छ। सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मका निर्माण टिम र कलाकार बीच सोमबार कागजी सम्झौता भएको हो।

फिल्म डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मको कथा, पटकथा तथा संवाद पनि निर्देशक सौरभकै हुनेछ। फिल्मलाई प्रकाश मल्ल र अनिश तामाङले निर्माण गर्न लागेका हुन्। भारतीय कलाकारहरुको पनि अभिनय रहने फिल्मका २ वटा शृंखलाहरु हुने जानकारी निर्माण टिमले यस अघि नै दिएको छ। दुवै शृंखलाका फाईनल स्क्रिप्ट सम्म तयार भएको फिल्मको ५० प्रतिशत छायांकन भारतमा र बाकी ५० प्रतिशत नेपालमा हुनेछ ।

आगामी नयाँ बर्षको अवसर पारेर छायांकनको तयारी गरिरहेको फिल्मका निर्माण टिमले दशैँ छेकमा ‘अगस्त्य’ लाई प्रदर्शन गर्ने योजना बनाई रहेका छन।

प्रतिक्रिया दिनुहोस्