मेमोरी किङ्गले जन्मदिनमा विद्यालयलाई गरे रु ५१,००० को आर्थिक सहयोग



रंगखबर, काठमाडौँ: तेज स्मरण शक्तिमा विश्व कीर्तिमानी मेमोरी किङ्ग अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयलाई रु ५१,००० (अक्षरेपी रु एकाउन्न हजार मात्र) को आर्थिक सहयोग प्रदान गर्नु भएको छ । वहाँले गृह जिल्ला झापाको भद्रपुरमा मिति २०७९ साल माघ २३ गते श्री अरनिको मा वि भद्रपुर-३ मा अध्ययनरत कक्षा ६ देखि १० का बालबालिकाहरुलाई पोशाक तथा ब्याग वितरण गर्नु भएको छ । आफ्नो जन्मदिन विद्यालयसंग जोडिएर मनाउने सन्दर्भमा वहाँले करिब ३ घण्टा बालबालिकाहरुलाई स्मरण शक्ति अभिवृद्धि तालिम पनि संचालन गर्नु भयो । कार्यक्रमको प्रमुख अतिथि स्थानीय सरकार प्रमुख तथा भद्रपुर नगरपालिका का मेयर गणेश पोख्रेलले मेमोरी किङ्गलाई जन्मदिनको शुभकामना सहित युवावयमै शैक्षिक उन्नयनमा पुर्याउदै आउनु भएको योगदान र विश्व सामु नेपालको गौरव बढाउन गर्नु भएको अतुलनिय उपलब्धी प्रति हार्दिक आभार प्रकट गर्दै दोसल्ला ओढाएर सम्मान जनाउनु भयो ।

 

कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष निम बहादुर थापा, स्वागत मन्तव्य सहायक प्र. अ. वेद प्रसाद घिमिरे, शिक्षक परिवारको तर्फ़ बाट जन्मदिनको शुभकामना जीवन गुरागाईं बाट भएको थियो भने विद्यालयका प्र. अ. पुरुषोत्तम खरेलले जन्मदिनको शुभकामना सहित शैक्षिक रुपान्तरणमा आधुनिक शैक्षिक विधि र पद्वतिको स्थापित मान्यतामा वहाँले गर्दै आउनु भएको एउटा फरक धारको कामलाई समिक्षा सहित मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो । विद्यालयका ४-१२ का विद्यार्थीहरु, बाल क्लब लगायत शिक्षक कर्मचारी परिवारबाट जन्मदिनको मंगलमय शुभकामना फूलका गुच्छाहरु सहित विशेष धन्यवाद प्रदान गर्नु भएको सो कायक्रमको संचालन शिक्षक शान्ति बहादुर बस्नेत बाट भएको थियो । जसमा स्थानीय अभिभावकहरुको पनि ठूलो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्