‘बुलाकी’को टिजरमा सुरक्षाको भिन्न रुप



रंगखबर, काठमाडौँ: जारी प्रथामा आधारित फिल्म ‘बुलाकी’को अफिसियल टिजर सार्वजनिक भएको छ। पोस्टर सर्वजनिक भएसंगै एक किसिमको चर्चा पाएको बुलाकीका निर्माण टिमले टिजर सार्वजनिक गर्दै प्रचार प्रसार सुरु गरेको हो। सार्वजनिक २ मिनेट ७ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु सुरक्षा पन्त र नरेन खड्का केन्द्रमा छन।

लक्ष्मण सुनार निर्देशन गरेको फिल्ममा अभिनेता बिराज बिष्टको पनि मुख्य भूमिका रहेको छ। जारी प्रथाको कथामा निर्माण भएको फिल्ममा शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता भने स्वर्गिय मोति बिष्ट हुन् ।
चलचित्रको छायांकन कर्णाली प्रदेशको उत्तरपूर्वी, दक्षिण र मध्य भागमा गरिएको हो ।

फिल्ममा मा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, प्रकाश कँडेल, कुलदीप अधिकारी, झलनाथ खत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ । स्व. मोति विष्टको प्रस्तुति रहेको फिल्म छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्माण गरिएको हो । शिव ढकालले खिचेको फिल्ममा टोपेन्द्र विष्टको निर्माण र सौगात कँडेलको सहनिर्माण रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्