गायिका रानी ‘उड्यो मन’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायिका रानी शाक्यले यूवतीहरुको भावनालाई समेटर नयाँ गीत ‘उड्यो मन’ सार्वजनिक गरेकी छिन् । सार्वजनिक गीतमा रानीको आवाज, राजकुमार बगरको शब्द तथा संगीत छ । यो गीतले विशेषत, रिस सबै त्यागेर खुशी बनेर बाँच्ने सन्देश दिएको छ । गीतको भाव जस्तै निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले पनि भिडियो तयार पारेका छने । भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ । भिडियोमा उनीहरु, कुनै संकोच विना विन्दास तरिकाले आफ्नो जीवन बाँचिरहेको देख्न सकिन्छ । भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको छायांकन छ । गायिका रानीले यो गीतबाट आफूले यूवतीहरुलाई कुनै तनावविना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्