‘जेरी : अन टप’ थिम पोस्टर रिलिज



रंगखबर, काठमाडौँ:  अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहने फिल्म ‘जेरी : अन टप’ को थिम पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर सार्वजनिकसंगै निर्माण टिमले छायांकनमा चाडै जाने संकेत पनि दिएका छन। पोस्टरमा अनमोल केसी ट्रेकमा निस्किदै गरेको स्केच देख्न सकिन्छ। अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्न लागेका हुन् । फिल्ममा अनमोल र आनाका अलावा पूर्णिका सिजापतिको पनि मुख्य भूमिका रहनेछ। हेमराज बीसीले निर्देशन गर्ने फिल्मको छायांकन लुक्ला देखि सगरमाथा आधार शिविर, अष्ट्रेलिया र अमेरिकामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्