स्वप्न सुमन र दिक्षिता कार्की फिल्ममा जोडी बन्ने



रंगखबर, काठमाडौँ: निर्देशक दिनेश राउतको आगामी प्रोजेक्टका लागि गायक स्वप्न सुमन र गायिका दिक्षिता कार्की फाईनल भएका छन। हाल वर्कसप भईरहेको फिल्मको नाम भने अहिले सम्म कन्फर्म नभएपनि फिल्म म्युजिककल लभ स्टोरीमा हुने जानकारी निर्माण टिमले दिएको छ। फिल्ममा स्वप्न र दिक्षितालाई जोडीको रुपमा देख्न सकिन्छ। जीवन थापाले निर्माण गर्न लागेको फिल्म मल्टी मेटको ब्यानरमा बन्न लागेको हो। फिल्मको स्क्रिप्ट विकास सुवेदीले  लेखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्