शिल्पाले जितिन छवी विरुद्धको मुद्धा, अंशवण्डासहित सम्बन्ध विच्छेद



रंगखबर, काठमाडौँ: घरेलु हिंसा र अभद्र व्यवहार भएको भन्दै सम्बन्ध बिच्छेदको माग गर्दै निर्माता/निर्देशक छवीराज ओझा विरुद्ध दायरी भएको मुद्धा अभिनेत्री शिल्पा पोखरेलको पक्षमा फैसला भएको छ। न्यायाधीश शंकरप्रसाद राईको  इजलासले उक्त फैसला सुनाएसँगै  उनको र निर्माता छवि ओझाको औपचारिक रुपमा सम्बन्ध बिच्छेद भएको छ।साथै उनलाई मुद्धा दर्ता भएको दिन देखि अंशबण्डा नभएसम्म मानापाथी भर्न समेत ओझालाई अदालतले आदेश दिएको छ । साथै अदालतले छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई अदालतले खारेज गरेको छ ।

फैसला आफ्नो पक्षमा आएसँगै अभिनेत्री शिल्पा पोखरेलले सामाजिक संजाल फेसबुक मार्फत मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको छु भन्दै खुसी व्यक्त गरेकी छन। उनि लेख्छिन  “हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाई जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको छु। यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाई, भाउजू,साथिहरु, संघ संस्था तथा बिशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाइज्यु र अधिवक्ता मनोज यादवज्युलाइ कृतज्ञता तथा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस्