फ्राईडे रिलिज: ‘मेनडग’ भर्सेस ‘राजा’को टक्कर



रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभरका हलमा २.० छड्के र छक्का पन्जा ४ प्रदर्शन भएका छन।  दुवै फिल्म बर्षकै प्रतिक्षित फिल्महरु मध्येका हुन्।

अनमोलको लूक्स र क्यारेक्टरलाई लिएर छड्केले पनि राम्रो चर्चा बटुली सकेको छ भने छक्का पन्जा सिरिज त ब्रान्ड नै हो। त्यसैले पनि छक्का पन्जा ४ को चौथो सिरिज हेर्न दर्शकहरुले प्रतिक्षा गरिनै रहेका हुन्छन।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म चितवन र मुस्ताङमा छायांकन भएको हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता  रहेका फिल्मको कार्यकारी निर्माता भने निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । अनमोलसंगै फिल्ममा  रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको पनि मुख्य भूमिका रहेको छ।

उता निर्देशक हेमराज बिसी निर्देशित फिल्म छक्का पन्जा ४ लाई आमा सरस्वती मुभिजको ब्यानर तथा दिपक – दिपाले निर्माण गरेका हुन्। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन।

प्रतिक्रिया दिनुहोस्