ज्याकी : आई एम ट्वान्टी वानको टिजरमा धिरजको अनेक रुप



रंगखबर, काठमाडौँ:  रेनाषा वान्तवा राईको दोश्रो निर्देशकीय फिल्म ज्याकी : आई एम ट्वान्टी वानको टिजर रिलिज गरिएको छ।

यस अघि फस्टलुक भिडियो र पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेको निर्माण टिमले अब भने टिजर सार्वजनिक गर्दै फिल्मको प्रमोसनलाई तीव्र बनाउन थालेको हो।

सार्वजनिक टिजरमा परिवारको विपरित गएर आफ्नो सपना पुरा गर्न गर्नु परेको संघर्षलाई देखाउन खोजिएको छ। धिरज मगरको मुख्य भूमिका रहेको फिल्मको टिजर उनैको वरिपरि घुमेको छ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुँदैछ । फिल्मलाई  प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन् ।

फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

फिल्ममा धिरज मगरसंगै जसिता गुरुङ र महापुरुष फेम्ड नायक अरुण क्षेत्रिको पनि मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्