जातीय विवेद सहित ‘प्रसाद २’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ: सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ।

निर्माण टिमले गज्जबको ट्रेलर मात्र सार्वजनिक गरेनन फिल्मको रिलिज डेटलाई पनि प्रि-पोण्ड गरेका छन।

यस अघि नयाँ बर्षको अवसर पारेर वैशाख १ गते देखि प्रदर्शन हुने भनिएको फिल्म अब भने एक हप्ता अगाडी धकेलिदै चैत्र २४ गतेबाट रिलिज हुने भएको हो।

जातीय विवेदलाई मुख्य विषय बनाउँदै फितलो राजनीतिका कारण उत्पन्न हुने समस्यालाई फिल्मको ट्रेलरमा देखाउन खोजिएको छ। ट्रेलर फिल्मका मुख्य कलाकारहरु विपिन कार्की, अर्पण थापा र केकी अधिकारीको वरिपरि घुमेको छ।
एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा विपिन, अर्पण र केकीका अलावा महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ। संचारकर्मी सुशिल पौडेलद्वारा लिखित फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने प्रस्तुतकर्ता भने सुवास थापा हुन्।

 

प्रतिक्रिया दिनुहोस्