होली गीत ‘खेलब होली सलौली सलौली’ सार्वजनिक



रंगखबर, काठमाडौँ: थारु भाषाको होली गीत ‘खेलब होली सलौली सलौली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा ‘सरी मम’ तथा ‘फुलै फुल दिन्छौ कि’ फेम्ड नायक प्रभात पाल ठकुरी र गायिका तथा मोडेल अन्जु कुष्मी अभिनय रहेको छ। गीतको म्युजिक भिडियो आर प्रोडक्सन युट्युब च्यानल मा सार्वजनिक गरिएको हो ।

फागुपुर्णिमालाई मध्यजर गर्दै निर्माण टिमले होलीको शुभकामना सहित गीत सार्वजनिक गरेको हो। गीतको भिडियो सुदुरपश्चिम प्रदेश को कैलाली जिल्ला का बिभिन्न क्षेत्रमा मा छायांकन गरिएको हो।

गायक राज कुश्मी र गायिका सोनु कुश्मीको आवाज रहेको गीतको भिडियोलाई  प्रदीप थारूले कोरियोग्राफी तथा निर्देशक विकाश प्रसाईं ले निर्देशन गरेका हुन्।

निर्देशक विकास प्रसाईंले यस अघि “चन्चले चन्चले”लजालु मायालु, “फुलै फुल दिन्छौ की”,”टाढा भएपनि” जस्ता थुप्रै हिट म्यूजिक भिडियोहरु निर्देशन गरेका छन्। उनी फिल्म निर्देशन गर्ने तयारीमा रहेका छन् ।

भिडियो हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्