‘दिलमाया २’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ: राजु गिरीले निर्देशन गरेको फिल्म दिलमाया २ को टिजर सार्वजनिक भएको छ।  निर्माण टिमले १ मिनेट ४८ सेकेन्ड लामो टिजर सार्वजनिक गर्दै प्रचार सुरु गरेको हो। टिजर निर्माता किरण नेपाली र सेञ्जल पौडेललाई केन्द्रमा राखेर बनाईएको छ।  दिलमायाको सिक्वेलक रुपमा आएको दिलमाया २ ले पनि अघिल्लो फिल्मले जस्तै माया पाउँनेमा निर्माण टिम विश्वस्त छ।

राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन पनि गिरी स्वयमकै रहेको छ। बिष्णु निराकर र सुस्मिता खत्रीले खिचेको फिल्ममा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । फिल्मलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको फिल्ममा प्रोडक्सन म्यानेजरमा रेश्मा केसी रहेकी छन् ।

फिल्ममा किरण र सेन्जलका अलवा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म असार २९ गतेबाट रिलिज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्