एकल महिलाको कथामा ‘आफु गयौ नेटो काटी’ सार्वजनिक



रंगखबर, काठमाडौँ: एकल महिलाको कथामा आधारित म्युजिकल शर्ट फिल्म सार्वजनिक भएको छ। ‘आफु गयौ नेटो काटी’ बोल रहेको उक्त गीतमा कलाकार द्वय आकाश अधिकारी र उमा गिरिले अभिनय गरेका छन।

साहित्यकार राम लामा ‘अविनाशी’द्धारा निर्मित तथा वरिष्ठ कलाकार एवम् निर्देशक आकाश अधिकारीद्धारा निर्देशित उक्त गितको बिहिबार राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गरेकी हुन्।

अन्जु पन्तको आवाज रहेको गीतको शब्द राम लामा ‘अविनाशी’ले लेखेका हुन भने शक्ति बल्लवले संगीत भरेका हुन्। शिव ढकालले खिचेको उक्त भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। गीत द स्काई मुभिज युटुव च्यानलबाट रिलिज गरिएको छ।

प्रतिक्रिया दिनुहोस्