‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ सार्वजनिक



रंगखबर, काठमाडौँ: सामाजिक कथाबस्तुमा आधारित फिल्म ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ। वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मले पोस्टर तथा टिजर सार्वजनिक गरेदेखिनै आम दर्शकमाझ एक प्रकारको हाईप क्रिएट गरिरहेको छ। अस्तित्व कर्ण र बिद्या मञ्जु तिवारीको आवाजमा सजिएको उक्त गीतको भिडियोमा दयाहाङ राई र प्रकृति श्रेष्ठलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ।

फिल्मलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन् भने रोहित कट्टेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्म आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।
रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।

फिल्ममा  दयाहाङ राई,प्रकृति श्रेष्ठ,बुद्धि तामाङ,शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाई लगायतका कलाकारहरुको मुख्य कलाकारहरुको मुख्य भूमिका रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्