सुरक्षाको ‘मन रोग’ यस्तो बन्यो



रंगखबर, काठमाडौँ: विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित फिल्म ‘बहाव’को ‘मन रोग’ बोलको गीत सार्वजनिक भएको छ।  केहि दिन अघि ट्रेलर सार्वजनिक गरेर आम दर्शकमाझ कौतुहलता जगाएको फिल्म आम दर्शकमाझ प्रतिक्षित बनिरहेको छ। सज्जा चौलागाईंको आवाजमा सजिएको उक्त गीतमा फिल्मकि मुख्य पात्र सुरक्षा पन्त फिचर्ड छन। श्रीधर पौडेलको लगानीमा बनेको फिल्म स्वर्णिम इन्टरटेनमेन्ट ब्यानर बनेको हो। योङ स्टार सिनेमा प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रमोद कँडेलले लेखन र निर्देशन गरेका हुन्।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्म यहि चैत २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्