‘ए साथी सुन’को टिजरसँगै नयाँ प्रदर्शन मिति तय



रंगखबर, काठमाडौँ: फिल्म ‘ए साथी सुन’को टिजर रिलिज भएको छ। १ मिनेट ९ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य कलाकारहरु बर्षा सिवाकोटीलाई केन्द्रमा देख्न सकिन्छ। बदलाको भाव र बाच्नको लागि गरिने संघर्षलाई मुख विषय बनाएर फिल्मको टिजर सार्वजनिक गरिएको छ।

टिजर हेर्नुस : 

 

यस अघि चैत्र १० गतेलाई रिलिज डेट फिक्स गरेको फिल्मको टिजरसंगै नयाँ रिलिज डेट पनि सार्वजनिक गरिएको छ। अबभने फिल्म आउँदो जेठ ५ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। प्राविधिक कारण देखाउँदै निर्माण टिमले नयाँ रिलिज डेट राखेको हो।

इभान इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मक निर्माता बीना कार्की र सन्तोष कुमार राई हुन् । फिल्ममा  सह-निर्माताका रुपमा सुदीप पौडेल छन् । फिल्ममा बर्षा सिवाकोटीसँगै रमेश बानियाँ, आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीको पनि अभिनय छ । बाल कलाकारमा कृष्मा खड्का र इभान सन्जेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्