‘ज्याकी: आई एम ट्वान्टी वान’कि रुबी सार्वजनिक



रंगखबर, काठमाडौँ: फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’बाट रुबी अर्थात जसिता गुरुङको फस्टलुक पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा उनलाई डान्सिङ्ग अवतारमा देख्न सकिन्छ। यस अघि अभिनेता धिरज मगर फिचर्ड फस्टलुक पोस्टर र टिजर सार्वजनिक गरेसँगै फिल्मले एक प्रकारको हाईप क्रिएट गरिसकेको छ। फिल्म अहिले आम दर्शकमाझ प्रतिक्षित बनिरहेको छ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुँदैछ । फिल्मलाई  प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन् ।

फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

फिल्ममा धिरज मगर र जसिता गुरुङसँगै महापुरुष फेम्ड नायक अरुण क्षेत्रिको पनि मुख्य भूमिका रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्