‘प्रसाद २’को ‘मार्सी धान’ सार्वजनिक



रंगखबर, काठमाडौँ: चैत्र २४ गते रिलिज हुने फिल्म प्रसाद २ को मार्सी धान बोलको गीत सार्वजनिक गरिएको छ।  राजनराज सिवाकोटी र मिलन नेवारको आवाज रहेको गीतमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्की र केकी अधिकारीलाई देख्न सकिन्छ भने बिपिन र केकीलाई मोडल सरोज अधिकारी र आश्मा विश्वकर्माले नृत्यमा साथ दिएका छन। राजनराज सिवाकोटीकै शब्द संगीत रहेको उक्त गीतको भिडियोलाई बिक्रम स्वारले कोरियोग्राफी गरेका छन।

एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा विपिन, अर्पण र केकीका अलावा महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ।

 

सुदर्शन थापा निर्देशित फिल्ममा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहेको छ। संचारकर्मी सुशिल पौडेलद्वारा लिखित फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने प्रस्तुतकर्ता भने सुवास थापा हुन्।

प्रतिक्रिया दिनुहोस्