‘जारी’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: जारी प्रथामा आधारित फिल्म जारीको ट्रेलर रिलिज भएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। यस अघि टिजर र पोस्टर सार्वजनिक गर्दै प्रमोसनको थालनी गरेको फिल्मका टिमले ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई तिव्र बनाएको हो।

सार्वजनिक ४ मिनेट लामो फिल्मको ट्रेलर मुख्य पात्रहरु दयाहाङ राई र मिरुना मगरको वरिपरि घुमेको छ। बच्चाको चाहना भएका नि: सन्तान जोडीको जीवनमा आउने उतारचढावलाई ट्रेलरमा समावेश गरिएको छ।

 

पूर्वी पहाडी लिम्बू समुदायमा यथावत रहेको ‘जारी’ प्रथाको कथामा आधारित फिल्म बनिरहेको फिल्महरु भन्दा भिन्न बनाउन खोजिएको छ। उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्म बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। कबड्डी ४ मा रुचाईएको काजी र शान्ती मिसको जोडीलाई दर्शकले जारी मार्फत पुन: एकपटक देख्न पाउँने छन। रेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल जस्ता कलाकारहरुको अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्