‘झरनाको चिसो पानी’मा राजु र मेलिनाको आवाज



रंगखबर, काठमाडौँ: लोकप्रिय गीत ‘झरनाको चिसो पानी’को रिमेक बनेको छ। दुई दशक भन्दा अगाडीको गीतमा  गीतकार तथा गायक सुरेश अधिकारीको स्वर रहेको थियो भने अहिले यहि गीत नयाँ स्वरमा सार्वजनिक भई सकेको छ।
गीतको रिमेक भर्सनमा राजु लामा र मेलिना राईले आवाज दिएका छन। सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । गीतमा योगेस काजी शाहले संगीत भरेका छन भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् । गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा निरज कुमार सुनारको सङ्गीत रहेको थियो ।

कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ । केही दिनअघि सार्वजनिक भएको यस गीतको अडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले निर्माण गरेका हुन् । भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन् ।

March 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
प्रतिक्रिया दिनुहोस्