‘बहाव’ले पायो सोलो रिलिज, ‘प्रसाद २’ नचल्दा सुरक्षालाई कति फाईदा ?



रंगखबर, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म बहाव आज शुक्रबारबाट प्रदर्शन भएको छ। यस अघि प्रसाद २ सँग रिलिज हुन लागेको फिल्मका निर्माता ठगिको अभियोग लागेर फरार भएपछि बहावले सोलो रिलिजको मौका पाएको हो। प्रिमियरमा राम्रै प्रतिक्रिया पाउँनु अनि प्रसाद २ रिलिज हुन नसक्दा फिल्मलाई फाईदा हुने अड्कल गरिएको छ। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक अन्तरद्वन्द्वलाई प्रस्तुत गरेको छ ।

श्रीधर पौडेलले निर्माण गरेको फिल्मले जिज्ञासा, विचार अनि यथार्थको कथा बोल्छ। फिल्ममा सुरक्षा र कमलमणि नेपालका अलावा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ । फिल्ममा समावेश ‘चुप र चुप्पा’ वाला संवाद अहिले सामाजिक संजालमा निकै नै भाईरल बनिरहेको छ। भने अर्को तिर फिल्ममै समावेश सुरक्षा पन्तको १८ सेकेन्डको लिप किसले पनि अहिले नेपाली सिने बजार तरंगित बनेको छ।

प्रतिक्रिया दिनुहोस्