‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म  ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक भएको छ। नयाँ बर्षको शुभकामना सहित निर्माण टिमले दर्शकलाई  ट्रेलर उपहार दिएका हुन्।  यस अघि टिजर र गीत सार्वजनिक गरेर चर्चित बनेको फिल्मका निर्माण टिमले ट्रेलरलाई पनि दर्शकले मन पराउने आसा राखेका छन। ट्रेलरमा फिल्मका मुख्य पात्रहरु धिरज मगर र जसिताको गुरुङलाई केन्द्रमा रखिएको छ। नेपालकै पहिलो डान्स ड्रामा फिल्मको उपनाम पाएको फिल्मको ट्रेलर निकैनै आकर्षित बनेको छ।

रेनाषा राई रानाको निर्देशनमा बनेको फिल्म आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । फिल्ममा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत छ ।

निर्देशक रेनशाले गाह्रो काममा नै आफूलाई हात हाल्न मन लाग्ने भन्दै ‘ज्याकीः आई एम ट्वान्टी वान’ निर्माण गर्नु चुनौतीको बिषय भएको बताइन् । तर, फिल्मको बिषयमा आफूले सधै फरक सोच्ने भएकाले डान्सको कथा जन्मिएको उनको भनाई छ ।

फिल्ममा धिरज र जसिताका अलावा अरुण क्षेत्रि प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्