‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय



रंगखबर, काठमाडौँ:  दिपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को रिलिज डेट फिक्स गरिएसँगै फस्ट लुक पोस्टरपनि सार्वजनिक गरिएको छ। अब भने फिल्म भदौ २९ गतेबाट नेपालीसहित विश्वभर प्रदर्शन हुने भएको छ। महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै निर्माण टिमले सो डेट लक गरेको हो। हालकी सार्वजनिक पोस्टरमा भने कुनै कलाकारको तस्विर राखीएको छैन। पोष्टर हेर्दा राजनीतिक पृष्ठभूमिमा फिल्म बनेको अनुमान लगाउन सकिन्छ ।

हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा निर्देशक लामाकै लेखनमा बनेको हो। फिल्ममा जय श्रेष्ठको लगानी रहेको छ।

सामाजिक कथावस्तुमा आधारित फिल्ममा  दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ। फिल्म दया र मिरुनाको तेश्रो सहकार्य भएको छ।  यस अघि रिलिज भएका कबड्डी ४ र जारीलाई दर्शकले साथ दिएपछि यी दुईको जोडीको चर्चा चुलिएको हो।

 

प्रतिक्रिया दिनुहोस्