‘चम्किदे चाँद’मा चक्र र उषाको जोडी



रंगखबर, काठमाडौँ:  गायक तथा संचारकर्मी रतन देवकोटाको श्वर र शब्द रचना रहेको गीत ‘चम्किदे चाँद’ सार्वजनिक भएको छ । रतनलाई श्वरमा स्मृति शाहीले साथ दिएकि छन् । रतनको आफ्नै च्यानलबाट सार्वजनिक गीतमा चक्र बमको संगीत र केशव वडुको संगीत संयोजन रहेको छ ।

‘देउडा फ्युजन’ भाकामा बनेको गीत नेपाली दर्शकले बुझ्ने खालको छ । रतनले ‘यो कस्तो शिक्षा हो, होमवर्क, ओई सुवा, सुन माया, रुपस्या जोवन’ लगायतका गीत निर्माण गरिसकेका छन् । यो गीतले पनि दर्शकको मन जित्नेमा रतन ढुक्क छन् ।

रतनले नै निर्माण गरेको भिडियोमा चक्र बम र उषा उप्रेतीले ठुम्का लगाएका छन् । भिडियो रमाइलो बनेको देख्न सकिन्छ । विक्रम चौहानको निर्देशन र कोरीयोग्राफी रहेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् । भिडियोमा मिलन विश्वकर्माको कलर र सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्