‘प्रसाद २’को ‘क्रान्ति’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गत शुक्रबारबाट अल नेपाल रिलिज भएको फिल्म ‘प्रसाद २’को क्रान्ति बोलको गीत सार्वजनिक गरिएको छ। प्रसाद २ टिमले आइतबार गीत सार्वजनिक गरेको हो। गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । सार्वजनिक गीतले बिद्रोहको कुरा गर्छ । यो गीतले फिल्मप्रति दर्शकको आशा अझै बढाउने निर्माण टिमले आशा राखेको छ।

गीत हेर्नुस : 

 

सुशील पौडेलको लेखनमा निर्माण भएको फिल्मले अहिले दर्शकको साथ बटुली रहेको छ। फिल्ममा  विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

सुदर्शन थापा निर्देशित फिल्मले ३ दिन देखि ठिकठाक ब्यापार गरेपनि वर्ड अफ माउथले भने फिल्मलाई फाईदा पुगिरहेको छ। सुभाष थापाको लगानीमा बनेको फिल्मले प्रिमियरमा भने राम्रो प्रतिक्रिया बटुलेको थियो।

 

प्रतिक्रिया दिनुहोस्