‘ए साथी सुन’को ‘मनले भन्छ’ सार्वजनिक



रंगखबर, काठमाडौँ: जेठ ५ गतेबाट रिलिज हुने फिल्म  ‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक भएको छ । ‘मनले भन्छ’ बोलको स्याड गीतमा बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँलाई देख्न सकिन्छ। सार्वजनिक गीतमा उज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ भने  हर्क साउदको शब्द रहेको छ।

इभान इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मक निर्माता बीना कार्की र सन्तोष कुमार राई हुन् । फिल्ममा  सह-निर्माताका रुपमा सुदीप पौडेल छन् । फिल्ममा बर्षा सिवाकोटीसँगै रमेश बानियाँ, आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीको पनि अभिनय छ । बाल कलाकारमा कृष्मा खड्का र इभान सन्जेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्