‘पी.एस :२’को प्रिमियरमा पुगिन निर्देशक सम्झना



रंगखबर, काठमाडौँ : आइतबार साझ मुम्बईको यशराज स्टुडियो स्थित प्रिभिउ थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र “पी.एस : २ ” को बिशेष प्रदर्शन गरिएको थियो। उक्त विशेष शोमा चलचित्रका कलाकारहरु विक्रम, ऐश्वर्य राय बच्चन तथा बलिउडका चर्चित कलाकारहरु मनिषा कोइराला अदिती रावो हैदरी , अनिल कपुर, बबि देओल लगायत धेरै कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो। हाल मुम्बई बसिरहेकी निर्देशक सम्झना उप्रेती रौनियारपनि उक्त  स्क्रिनिङ्गको हिस्सा बनेकी थिईन। हाल उनि अभिनेत्री मनिष कोईरलाको मुख्य अभिनय रहेको नेटफ्लिक्सको सिरिज ‘हिरा मण्डी’मा सहयोगी बनेर काम सिकिरहेकी छन । उनले नेपाली फिल्म ‘मेघा’ र ‘फागु’ गरिसकेकी छन। मुम्बईबाट फर्किएपछि उनि आफ्नो नयाँ प्रोजेक्टमा व्यस्त हुने छिन। मणिरत्नमद्वारा निर्देशित चलचित्र “बम्बे” , “दिल से” मा आफ्नो बलियो अभिनय गरेकी थिईन।

प्रतिक्रिया दिनुहोस्