‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै प्रचार सुरु गरेको हो। सार्वजनिक २ मिनेट ५६ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु केन्द्रमा छन। ट्रेलरमा फिल्मका कलाकार प्रकाश घिमिरेको हुक्का प्रेमलाई पनि राम्रै स्थान दिईएको छ।

ट्रेलर हेर्नुस : 

 

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ । त्यस्तै  श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेलको मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने क्यासको ध्वनी मिश्रण छ ।

 

शम्भु थापाको निर्देशन रहेको फिल्म यहि जेठको १२ गतेबाट देशभर प्रदर्शन हुदैछ। फिल्ममा रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्ममा प्रमिला, सन्तोषकुमार, तेज, अंशु, तलिशा, एलिशासँगै प्रकाश घिमिरे, निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कालाकार अङ्कित जि सिको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्