‘ज्याकी: आई एम ट्वान्टी वान’ रिलिज, निरन्तर परिरहेको बर्षाले के गर्ला नोक्सानी ?



रंगखबर, काठमाडौँ:  रेनाषा राई रानाको निर्देशनमा बनेको फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ आजबाट देशभर प्रदर्शनमा आएको छ। मंगलबार भएको ग्रान्ड प्रिमियरमा कलाकार तथा संचारकर्मीले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए। फिल्ममा धिरज मगर र जसिता गुरुङको अभिनयको तारिफ हरेकले गरेका थिए। हुन पनि ‘ज्याकी: आई एम ट्वान्टी वान’ नेपालमा बनिरहेको फिल्म भन्दा छुट्टै जनरामा बनेको छ। फिल्मलाई नेपालकै पहिलो डान्स ड्रामा भनेर उपनाम दिईएको छ। फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङलाई मुख्य भूमिकामा देख्न सकिन्छ।

सिङ्गल रिलिजको मौका अनि प्रिमियरमा पाएको उत्कृष्ट प्रतिक्रयाले गर्दापनि फिल्मले दर्शकको मन जित्नेमा फिल्मका निर्माण टिमपनि विश्वस्त देखिएका छन। तर केहि दिन अघिदेखि परेको बर्षाको कारणले फिल्मलाई भने केहि हद सम्म घाटा हुने अड्कल गर्न सकिन्छ। मनसून अघिनै परिरहेको पानीका कारण दर्शकहरु हलसम्म जान्छन कि जादैनन भन्नेमा अहिले केहि केहि भन्न सकिदैन। यदि यहि हिसाबमा  पानी परि रह्यो भने फिल्मलाई घाटा हुने देखिन्छ।  हुनत फिल्म राम्रो बनेको खण्डमा दर्शकहरु हलसम्म पुगेको धेरै रेकर्डपनि नभएको होईन।  हालकी फिल्म राम्रो बनेकाले फिल्मलाई पानीले असर नगर्ने आशा निर्माण टिमले राखेका छन।

फिल्ममा धिरज र जसिताका अलावा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मले ज्याकी भन्ने २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा बोलेको छ। तर उसको सपनाको बीचमा बाबुको सपना तगारो बनेर आएको छ। छोरालाई ब्रिटिस लाउरे बनाउने बाबुको सपना छोडेर उनि आफ्नो डान्सर बन्ने सपना पुरा गर्लान त् यो भने हलमा गएर मात्र थाहा हुनेछ।

प्रतिक्रिया दिनुहोस्