‘भ्वाइस किड्स’मा बिर्तामोडका अर्नभ बनले तहल्का मचाउँदै



रंगखबर, काठमाडौँ:द भ्वाइस अफ नेपाल किड्स’को दोश्रो सिजन अहिले सबैको लोकप्रिय कार्यक्रम बनिरहेको छ। गत फागुन २६ गतेबाट सुरु भएको कार्यक्रम ब्लाईन्ड, ब्याटल र लाईभ राउण्ड सकिएसंगै सेमी फिनालेसम्म पुगेको छ। उत्कृष्ट बाल कलाकारहरु अहिले फिनालेमा आफ्नो स्थान सुरक्षित गर्न कडा मेहनत गरिरहेका छन।

भ्वाइस किड्सको चर्चासंगै अहिले झापा बिर्तामोड निवासी अर्नभ बनको पनि चर्चा चुलिन थालेको छ। उनि ब्लाईन्ड राउण्ड देखिनै सबैको प्रिय बनिरहेका छन। ब्लाईन्डमा कोच सुशान्तको गीत गाएर सबैको मन जितेका उनले कोच प्रविशा र कोच सुशान्तको कुर्सी घुमाउन सफल भएका थिए। सुमधुर आवाजक धनि अर्नभले अहिले कोच प्रविशाको टिमबाट आफ्ना उत्कृष्ट प्रस्तुतिहरु दिईरहेका छन। अब सेमी फिनाले सुरु भएसंगै अर्नभ जिताउ अभियान चल्न थालिसकेको छ। उनलाई जिताउन बिर्तामोडका विभिन्न ठाउँमा कन्सर्टपनि हुन थालेको छ। दर्शकहरुले अध्याधिक रुचाएका अर्नभ  सेमी फिनाले सम्म पुग्न पाउँदा आफुलाई निकै खुसी लागेको भन्दै खुसी व्यक्त गरेका छन। उनि आगामी प्रस्तुतिहरुले पनि दर्शकलाई उत्तिकै मनोरंजन दिने कोशिसमा छन।  अनर्भले यहि हिसाबले आफ्नो प्रस्तुति दिने हो भने उनले उनि नेपालको भ्वाइस किड्सको विजेता बन्न सक्छन, साथै उनले आफ्नो कोच प्रविशालाई विजेता बनाउन सक्छन। गत सिजनमा कोच प्रमोदबाट जेनिश उप्रेती बिजेता बनेका थिए।

प्रतिक्रिया दिनुहोस्