‘परस्त्री’को फस्टलुक पोस्टरसँगै रिलिज डेट फिक्स



रंगखबर, काठमाडौँ: हिन्दी र नेपाली दुबै भषामा बनेको फिल्म ‘परस्त्री’ले आफ्नो रिलिज डेटलाई लक्ड गरेको छ। फिल्मकि निर्माता शर्मिला पाण्डेले शुक्रबार आफ्नो सामाजिक संजालमा फिल्मको फस्ट लुक पोस्टर सावजनिक गर्दै रिलिज डेट अनाउन्स गरेकी छन। अबभने फिल्म यहि असार १५ गतेबाट विश्वभर प्रदर्शन हुनेछ।

उनि पोस्टर सार्वजनिक गर्दै लेख्छिन ‘ हामीले निर्माण गरेको चलचित्र परस्त्रीको आज पहिलो पोस्टर रिलिज भएको छ,परस्त्री चलचित्र बिश्वभरी एकै साथ हिन्दी र नेपाली दुबै भाषामा प्रदर्शन हुने कुरा पनि हामी समस्त पत्रकार साथीहरू तथा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउन पाउदा अत्यन्त खुशी भएका छौ,कृपया पोस्टर हेरेर प्रतिकृया दिनु होला।’  सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरु शिल्पा मास्के, कोशिश क्षेत्रि र गौरव विष्टलाई देख्न सकिन्छ।

सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको ‘परस्त्री’मा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा दिपेन्द्र के खनालले लेखेका हुन। परस्त्री भारतमा प्रदर्शन हुने दोश्रो नेपाली फिल्म बनेको छ यस अघि प्रेम गीत ३ ले भारतमा खुबै चर्चा बटुलेको थियो। परस्त्रीलाई बलिउडका फिल्म्स क्रिटिक्स् तरन आदर्शले आफ्नो सामाजिक सन्जाल मार्फत भारतमा ३० जुन बाट फिल्म प्रदर्शन हुने भन्दै फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेका छन।

प्रतिक्रिया दिनुहोस्