किरणले ‘सोली डोली’ निर्देशन गर्ने



रंगखबर, काठमाडौँ:  फिल्म सोली डोलीको औपचारिक घोषणा भएको छ। निर्माण टिमले आइतबार फिल्मको औपचारिक घोषणा गरेको हो। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई दुई नम्बरीका निर्माता किरण नेपालीले निर्देशन गर्ने भएका छन।

अहिले सम्म कुनैपनि कलाकारहरु टुंगो नलागिसकेको फिल्ममा ४ नायक तथा ३ नायिका रहने जानकारी निर्माण टिमको छ। कमेडी जनरामा बन्न लागेको फिल्मको चय्नाकन असोजबाट सुरु हुनेछ।
अमलादेवी राई, प्रदीप भारद्धाज, हिमालय शर्मा र सुरज आचार्यको लगानीमा बन्न लागेको फिल्ममा प्रदीप भारद्धाजको कथा छ रहनेछ। फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता रहनेछन।

प्रतिक्रिया दिनुहोस्