‘हल्कारा’ले पायो सोलो रिलिजको मौका



रंगखबर, काठमाडौँ: फिल्म ‘हल्कारा’ले सोलो रिलिज मौका पाएको छ। प्रिमियर र स्पेसल शोबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मलाई हेर्ने हरेक कलाकर्मीले मुक्तकण्ठले तारिफ गरेका थिए। फिल्मका मुख्य पात्र महेश त्रिपाटी र बिनिता थापा मगरको तारिफ हरकोहिले गरेका थिए।

बिक्रम सापकोटा निर्देशित फिल्मले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ फिल्मको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको थियो भने सोहि फेस्टिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका थिए। साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म् ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।

फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन्। फिल्ममा महेश र बिनिता बाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो । फिल्मलाई काठमाडौँमा करन श्रेष्ठ र जीजीए ग्रुपले वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्