गीतकार जश्मिनले सार्वजनिक गरिन ‘शुभकामना’



रंगखबर, काठमाडौँ: प्रताप दासको आवाज तथा गीतकार जश्मिन श्रेष्ठको शब्दमा ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ। बिहिबार आफ्नी दिदि पूजा गुरुङको जन्मदिनको अवसर पारेर जस्मिनले गीत सार्वजनिक गरेकी हुन्। गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ।  भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माले अभिनय गरेका छन् । भिडियोमा निर्देशक माइकल चन्दले नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् ।
नवराज उप्रेतिको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । गीतले जन्मदिनको अवसरमा कसैलाई शुभकामना दिदा देखिएको गीतको अभावलाई पूर्ती गर्ने विश्वास गीतकार जश्मिनको छ ।

 

प्रतिक्रिया दिनुहोस्