जसिता अभिनित ३ वटै फिल्म फ्लप, कस्तो होला अब अभिनय करियर



रंगखबर, काठमाडौँ: अभिनेत्री जसिता गुरुङले फिल्म ‘लिलीबिलि’बाट ‘लभ स्टेसन’ हुदै ‘ज्याकीः आई एम ट्वान्टी वान’ सम्म आईपुग्दा उनले तिन वटा फिल्ममा आफ्नो अभिनय कला देखाई सकेकी छन। हरेक फिल्मबाट उनको अभिनय कला र सुन्दरताको तारिफ हरकोहीले गरिसकेका छन। तर, अपसोच उनि अभिनित कुनै पनि फिल्मलाई भने दर्शकले मन पराएनन्। फलस्वरूप उनले फ्लप फिल्महरुको ह्याट्रिक पुर्याएकी छन।

पहिलो फिल्म ‘लिलिबिली’मा नै नेपालका युवास्टार प्रदिप खड्काको अपोजिटमा देखिएकी उनको डेब्यु फिल्मले सोचे जस्तो ब्यापार गर्न सकेकेन। फिल्मको व्यापार एकातिर छोडौ प्रदिप र जसिताको जोडीलाई भने दर्शकले औधी रुचाएका थिए। उनको र प्रदिपकै पेयरिङ्गमा जसिताको दोश्रो फिल्म ‘लभ स्टेसन’को त के कुरा गर्नु, निर्देशक उज्वल घिमिरेले फिल्मको हरेक सिन देखि संवाद सम्म टर्किस फिल्म ‘हर से आस्कटन’बाट दुरुस्तै कपि गरेका थिए। जसको प्रत्यक्ष असर फिल्मका हिरो प्रदिप खड्का भन्दापनि भर्खरै नेपाली सिने नगरीमा बामे सर्दै गरेकी अभिनेत्री जसितालाई पर्यो। फिल्म बक्स अफिसमा यसरी चिप्लियो कि फिल्मले पानी पनि भन्न पाएन।

अबभने उनै जसिता पुन: एकपटक असफल बनेकी छन। गत वैशाख २१ गतेबाट उनि अभिनित तेश्रो फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ रिलिज भयो। कोरियोग्राफर तथा निर्देशक रेनाषा वान्तवा राईले निर्देशन गरेको फिल्म भएर पनि होला धेरैले फिल्म चल्नेमा विश्वास राखेका थिए। नेपालकै पहिलो डान्स ड्रामाको उपनाप पाएको फिल्मलाई रिलिज भएको दिन देखि अहिलेसम्म पनि दर्शकले पत्याएका छैनन्। सबै मल्टीप्लेक्सबाट उतारिएको फिल्मलाई रेनाषा आफैले सन्चालन गर्दै आएको वान सिनेमाजमा भने अझै दर्शकहरु आउने आशमा फिल्मलाई चलाई रहेकि छन। हालकी फिल्ममा अभिनेता धिरज मगर र जसिता गुरुङले गरेको कामलाई सबैले तारिफ भने गरेका थिए। फिल्म हेरेका दर्शकले क्लाइमेक्स मन नपरेको गुनासो गरेपछि निर्माण टिमले फिल्मको क्लाइमेक्सनै परिवर्तन गरेको थियो। तर, निर्माण टिमले यो तरिका अपनाउँदापनि हलमा दर्शक पुगेनन्। अहिले फिल्मलाई फ्लपको धब्बा लागिसकेको छ।

लगातार फ्लप फिल्म दिई रहेकी जसितालाई अबभने राम्रो स्क्रिप्टको खाँचो परेको छ। फिल्मको छनोटमा उनले ध्यान दिने हो भने भोलिको दिनमा उनले आफ्नो अभिनय कलाले दर्शकलाई कुनै गुनासो गर्ने मौका दिने छैनन्।

प्रतिक्रिया दिनुहोस्