सुनिल र कविताको ‘रेलिमाई’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा सुर्यकुमार परियारको शब्द, नविन परियारको संगीत, सुनिल परियारको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ ।

सुनिल क्षेत्री निर्देशित भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपाने फिचर्ड छन् ।

भिडियोमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईको कलर र सम्पादन र टंक कार्की ‘छिमेकी’को प्रोडक्सन छ । भिडियो विज्ञान न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्