‘झिम परेली’ किरण केसी र दीपाश्री बने रोमान्टिक



रंगखबर, काठमाडौँ: अमेरिकामा रहेर आफ्नो गायनकलालाई निरन्तरता दिदै आएकी गायिका रानी शाक्यले पछिल्लो समयका चर्चित गायक बाबुल गिरीसँग मिलेर नयाँ गीत ‘झिम परेली’ सार्वजनिक गरेकी छिन् ।

यो गीतमा दिनेश सुवेदीको शब्द, बाबुल गिरीको संगीत छ । निकै नै रोमान्टिक यो गीतले दर्शकलाई नचाउने पक्का छ ।

यो गीतको भिडियोमा चर्चित कलाकारहरु किरण केसी र दीपाश्री निरौलाको रोमान्टिक अवतार हेर्न सकिन्छ । साथमा भिडियोमा सरोज प्रजा र आभा थापाको पनि अभिनय हेर्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ । सुदिप बरालको छायांकन रहेको भिडियोमा मित्र डी गुरुङको सम्पादन छ । भिडियोलाई उत्कृष्ट बनाउन कविराजले कुनै कसर बाँकी राखेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्