करिष्मा र आकाश बलिउडको ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मानित



रंगखबर, काठमाडौँ: बलिउडको प्रख्यात ‘दादासाहेब फाल्के अवार्ड’को ६९ औं संस्करण सम्पन्न भएको छ । सूचना तथा प्रसारण मन्त्रालयद्वारा स्थापित संस्थाले हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कार समारोह ‘दादासाहेब फाल्के अवार्ड’ प्रदान गर्दै आएको छ ।

यस बर्ष उक्त अवार्ड समाहरोहमा नेपालबाट अभिनेत्री करिश्मा मानन्धर र अभिनेता तथा निर्देशक आकाश अधिकारी सहभागी भएका थिए। आइतबार सम्पन्न भएको अवार्ड समारोहमा करिश्मा मानन्धरलाई उत्कृष्ट अभिनेत्री एवम् आकाश अधिकारीलाई उत्कृष्ट अभिनेता तथा निर्देशकको अवार्डबाट सम्मानित गरिएको थियो।

अवार्डबाट सम्मानित भएपछि अभिनेत्री करिश्माले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत खुसी साट्दै ‘दादासाहेब फाल्के अवार्ड’लाई धन्यवाद दिएकि छन। उनि लेख्छिन ‘कला एक विश्वव्यापी भाषा हो,  यसको माध्यमबाट  प्रत्येक राष्ट्रले मानव जातिको संस्कृतिमा आ-आफ्नो अद्वितीय योगदान दिन्छ, यसको कुनै सीमा छैन। यसले सबै बाधाहरू पार गर्दै मानिसहरूको जीवनलाई समृद्ध बनाउन पुग्छ। हाम्रो नेपाली चलचित्र उद्योगको यो सम्मानजनक पहिचानको लागि दादासाहेब फाल्के फिल्म फाउन्डेसनलाई धन्यवाद ।’

 

प्रतिक्रिया दिनुहोस्