‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: जेठ २६ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘वेलकम टु हेम्जाकोट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा बेरोजगारी युवाको कथा देख्न सकिन्छ। बेरोजगारीका कारण आउने समस्यालाई केन्द्रित गरेर फिल्मको ट्रेलर काटिएको छ।

डेब्यु निर्देशक सरोज पौडेलले निर्देशन गरेको फिल्ममा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ। क्लोज-अप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई फिल्म तेजप्रसाद दाहालको प्रस्तुति र जितेन्द्र गिरी निर्माणमा बनेको हो। सुमन खड्का निर्माता रहेको फिल्मलाई दीर्घ गुरुङले छायांकन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्